Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

प्रधानन्यायाधीश बर्हिगमनको दबाबप्रति एमाले प्रवक्ताले दिए यस्तो प्रतिक्रिया


नेकपा एमालेले मन्त्री र तक्मामा परमादेश साट्ने अपवित्र गठबन्धनको परिणाम सर्वोच्चमा देखिएको टिप्पणी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध अदालतभित्र र बाहिरबाट भइरहेको बहिर्गमनको दबाबप्रति मुख खोल्दै प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको दाबी गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भनेका छन्,-‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ । एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य अदालतका विकृति अन्त्य गर्ने नभएर झनै संस्थागत गर्ने र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नुमात्र हो ।’

उनले न्यायालयमा समस्या विगतमा पनि भएको स्मरण गर्दै अहिलेको समस्या उत्कर्षमा पुग्नु असार २८ को फैसला नै भएको बताए ।प्रवक्ता ज्ञवालीले ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरुलाई पनि चोलेन्द्र शमसेर जबरालाई जस्तै शिकार बनाउने दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार