Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । प्रदेशसभामा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग प्रशस्त गर्ने बताइन् । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा ९एकीकृत समाजवादी० बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।

त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार