Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

१९ महिनापछि पुराना कामदार कोरिया जाँदै


१९ महिनापछि पहिलो पटक नेपाली कामदार कोरिया जाँदैछन्। कोरिया सरकारले पुराना कामदारलाई मात्रै कोरिया प्रवेश खुला गरेसँगै आज पहिलो पटक ४८ नेपाली कामदार कोरिया जान लागेका हुन्।चार वर्ष काम गरी फर्केका १ सय १९ जना कामदार मध्ये आज ४८ जना साँझ ७ बजे कोरिया जाने वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदारलाई सोही रोजगारदाताले बोलाएमा मात्रै कामदार कोरिया प्रवेश पाउने व्यवस्था गरिएकोे छ । सोही व्यवस्थाअनुसार पुराना रोजगारदाता कम्पनीले बोलाएपछि ४८ जना कोरिया उड्ने भएका हुन्। आज ४८ जना कामदार कोरिया जाने र बाँकी कामदारलाई पनि छिटै लैजाने विषयमा छलफल भैइरहेको विभागका महानिर्देक दीपक काफ्लले जानकारी दिए।

कोरोना महामारीका कारण कोरियाले विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो । जसका कारण १९ महिनादेखि नेपाली कामदार कोरिया जान पाएका थिएनन्। कोरोना संक्रमण कम भएसँगै हाल कोरियाली सरकारको आफ्नो सर्तअनुसार कोरिया लैजान लागेको हो। कोरिया जाने कामदार सीधा उडानमार्फत जानुपर्नेछ । कामदारले अनिवार्य रूपमा बिमा गनुपर्नेछ । कोरिया पुगेपछि १४ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यस्तै, ४८ घण्टाको पीसीआरसमेत गर्नुपर्नेछ । सबै खर्च कामदारले नै गर्नुपर्ने व्यवस्था रहेको छ।

कोरिया जाने नेपाली कामदार कोरिया एयरलाइन्समार्फत नै कोरिया जान बाध्य भएका छन्। कोरियन सरकारको सर्तअनुसार कोरिया जाने कामदार सीधा उडानमार्फत कोरिया जानुपर्ने भएको हो । कोरिया सीधा उडानका लागि वैदेशिक रोजगार विभागले ट्राभल तथा एयरलाइन्स कम्पनीलाई बोलपत्र आह्वानसमेत गरेको थियो । तर, बोलपत्रसमेत रद्द भएपछि कामदार कोरियन एयरलाइन्समार्फत नै जान बाध्य भएका हुन् ।

पुराना कामदा जान पाए पनि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार नयाँ कामदारकोे भविष्य भने अझै अन्योलमा छ। पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !
विचार