Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

प्रतिनिधि सभा बैठक आज दिउँसो बस्दै, अवरोध गर्ने एमालेको तयारी


प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो ।

बिहीबारको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ ।

लगातार सदनमा अवरोध गर्दै आएको एमालेले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ । एद्दपी एमालेको अवरोधका बीच सभामुख अग्नि सापकोटाले सदनको काम कारबाही अगाडि बढाउने गरेका छन् ।

आफुले कारबाही गरेको माधव नेपालसहितका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सदनभित्र आन्दोलित छ ।


प्रतिक्रिया दिनुहोस !
विचार