प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि मुद्दा सुनुवाइका लागि एकल इजलास तोकेका छन् । बुधबार आफ्नो इजलासबाट ५ मुद्दामा आदेश जारी गरेका जबराले आज भने आफ्नो मात्रै एकल इजलास तोक्दै २८ वटा मुद्दामा सुनुवाई गर्ने भएका हुन् ।
सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरिरेका बेला प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।
प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ। राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरिरहेका छन्।





