Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

प्रधानन्यायाधीशले तोके आठ इजलासमा १७२ मुद्दाको पेशी


न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन्। आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। १७२ मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ हुने सम्भावना कम छ।

प्रधानन्यायाधीश जबराले आफू र कुमार चुडालसहित संयुक्त इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार