Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

के फेसबुकको नाम नै परिवर्तन हुन लागेको हो ?


केही दिनदेखि फेसबुकको नाम परिवर्तन हुन लागेको भन्दै विभिन्न समाचार आइरहेका छन् । फेसबुकको नाम अबदेखि फेसबुक नभएर मेटा हुने भन्दै केही अनलाईनले समाचार समेत लेखेका छन् । तर, कुरा त्यस्तो होइन ।
फेसबुक सञ्चालन गर्ने कम्पनीको नाम चाहिँ परिवर्तन भएको हो । फेसबुक, इन्स्टाग्राम, म्यासेञ्जर, ह्वाट्एप जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको हो ।
कम्पनीको नाम परिवर्तन भएपनि फेसबुकको नाम भने यथावत रहनेछ । मेटा कम्पनीको मातहतमा फेसबुक लगायतका सञ्जाल रहने छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार