Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै अधिवेशन अन्त्य


संघीय संसद्का दुवै सदनका अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित भएको बताएका थिए । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार