Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

सिमरा घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन,३ वर्षीय गरिमालाई न्यायको माग


काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी महिलाहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले पनि बारामा प्रदर्शन गर्दै आएका छन् । बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका छन् ।

उनीहरुले गृहमन्त्री सुदन गुरुङ र कानुन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् । साउन ३१ गते बिहानदेखि घरबाट हराएकी गरिमाको भदौ २ गते छिमेकीको घरमा शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १६ वर्षीय किशोर र जतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार