काठमाडौं । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले मनाङको हिमलुङ हिमालमा कुल १६ जना बेपत्ता रहेकोमा दुई जना मृत फेला परेको बताएको छ । अझै १४ जना बेपत्ता छन् ।
एसोसिएसनका अनुसार हिमपहिरोका कारण १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको समेत एसोसिएसनको पछिल्लो अपडेटमा उल्लेख छ ।
संस्थाका अनुसार पर्वतारोहण गाइड दुई जना मृत भेटिएका छन् । यद्यपि, पहिचान सार्वजनिक गरिएको छैन । एसोसिएसनको उद्धार टोली प्रभु हेलिकप्टर मार्फत हिमपहिरो गएको स्थानमा पुगेको छ । सोही स्थानमा खोजी र उद्धारको काम भइरहेको समेत संस्थाले जनाएको छ ।
खोज तथा उद्धारका लागि मिङ्मा जी, पासाङकाजी शेर्पा आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पा घटनास्थल पुगेका छन् भने थप चार उद्धारकर्मी त्यसतर्फ जाने तयारीमा छन् ।








