काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत १६ देखि ३१ असोजसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ ।
आइतबार काठमाडाैंमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेकी हुन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ ।
करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी हुन् । नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन् । सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो ।
सरकारले बिलबिजक लिनेदिने संस्कृतिलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो ।








