Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

नागार्जुनबाट चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ


काठमाडौँ । काठमाडौंको नागार्जुनबाट चोरी भएको माइक्रोबससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक २९ गते साँझ ७ः४५ बजे नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रो गाडी चोरी भएको सूचना प्राप्त भएको थियो ।

सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको उक्त गाडी फेला पारेको थियो ।गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले मंसिर ५ गते बिहान १०ः३० बजे काठमाडौंको स्वयम्भू बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौं कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौं स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।

प्रहरीले उनीहरूलाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार