Logo
१० मंसिर २०८३, बिहीबार
|  Thu Nov 26 2026

पुरुष फुटबल:कर्णालीको लज्जास्पद हार, ५ गोल खाँदै प्रतियोगिताबाट बाहिरियो


कर्णाली । सुर्खेतमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलमा कर्णाली प्रदेश लिगको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार तेस्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश गण्डकी प्रदेशसँग ५–० को अन्तरले पराजित भएपछि समूह चरणबाट बाहिरिएको हो ।

बिहीबारको खेल जित्नै पर्ने दवावमा रहेको कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । यसअघि मङ्गलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग कर्णाली ३–० ले पराजित भएको थियो ।

बिहीवार भएको खेलको १६ औँ मिनेटमा गण्डकीका लछु थापाले पहिलो गोल गर्नुभएको थियो । यस्तै, खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीकै आशिष गुरुङले दुई गोल गरेर टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

गण्डकीका सुदीप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेट र अतिरिक्त थप भएको चार मिनेटमा गण्डकीका टेकराज गुरुङले एक गोल गरेर खेलको अन्तर ५–० पुर्याएका थिए । आज दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र मधेस प्रदेश भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार