Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

तिहारपछिको पहिलो कारोबारको दिन नेप्सेमा दोहोरो अंकको गिरावट


तिहारपछिको पहिलो कारोबार भएको आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार सोमबार १९.२० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार आठ सय २९.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि आज २.७१ अंकले घटेर पाँच सय २८.३७ को विन्दुमा समेटिएको छ।

आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये तीन वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक ०.७८ प्रतिशतले उकालो लागेको छ।

लगानी समूह ०.६७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.१६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०५ प्रतिशत, व्यापार समूहमा ०.४६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशतले ओरालो लागेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार