पूर्व युवराज्ञी हिमानी शाह छठ मनाउन वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। उनी बुधबार अपरान्ह काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर वीरगन्ज पुगेकी हुन्।
उनी त्यहाँ छठको साँझको अर्घ्यमा सहभागी भएकी छन्। सामाजिक काममा सक्रिय हिमानी छठ पर्वमा पूजा गर्न उपत्यकादेखि समयमा तराई-मधेसका घाटमासमेत पुगिरहेकी छन्। हिमानीलाई वीरगञ्जमा बारा र पर्सास्थित राजावादीहरुले स्वागत गरे। साह पुग्नु पहिले घडिअर्वामा हेलिकोप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ।
शाह विहीबार बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गरेपछि काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।








