Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

उदाउँदो सुर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न


प्रकृतीको पूजा अराधाना तथा एकता र सत्‌भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सुर्यलाई व्रतालुहरुले अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको छ । चार दिन अगाडी नहाय खायबाट सुरु भएको छठ पर्व गर्ने व्रतालुहरुले उदाउँदो सुर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न भएको हो ।

कात्तिक शुक्ल पञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले सुरु गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सुर्यलाई अर्घ्य अर्पणसँगै समापन भएको हो । नदी पोखरी लगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुहरुले विहान ६ बजेर २१ मिनेटको शुभसाहितमा सुर्यलाई अर्घ्य अर्पण गरेका छन् ।

छठ पर्व गर्नाले चर्म रोग निको हुनुको साथै घरपरिवारमा सुःखशान्तिले बास गर्ने, निसन्तानलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहेको छ । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार