Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन थप विस्तार हुँदै, आज उपत्यकाका सबै अदालतमा धर्ना


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलन आज देखि अझ विस्तार हुने भएको छ। नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएको हो।

यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै कालोपट्टि बाँधेर आन्दोलन गरिरहेको बारले आज बिहान १० देखि १२ बजेसम्म उपत्यकाका सबै अदालत र न्यायाधिकरणमा विरोध प्रदर्शन गर्ने भएको हो।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनसँगै सर्वोच्च अदालतकै न्यायाधीशहरूसमेत कात्तिक ८ गतेदेखि आन्दोलनरत छन्। न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका र प्रधानन्यायाधीश संलग्न इजलास बहिष्कार गरिरहेका छन्।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको नेपाल बारले विरोधलाई देशव्यापी बनाउन देशभर रहेका आफ्ना ९० एकाइसँग छलफल गरिसकेको छ। यता प्रधानन्यायाधीश भने कुनै पनि शर्तमा राजीनामा नदिनेृ अडानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार