Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पेलेरै अघि बढे प्रधानन्यायाधीश जबरा, ९ इजलासमा ७७ मुद्दाको पेशी तोके


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सबैखाले मुद्दाको पेशी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा ९ इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन्। आजका लागि एक सय ७७ मुद्दाको पेशी तोकिएको छ।

नेपाल बार एशोसिएसनले भने आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना दिइरहेका छन्। न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन्।

यसबीच प्रधानन्यायाधीश जबराले आफ्नो लागि बेञ्च र सबैखाले मुद्दामा पेशी तोक्दै आएका छन्। यसअद्दि बार र न्यायाधीशहरुसँग भएका सहमति पनि जबराले उल्लंघन गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार