Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

नेप्सेको ओरोलो यात्रा कायमै


शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो । आजको कारोबारमा २२५ कम्पनी सामेल भएका छन्। उनीहरुको ९४ लाख ७५ हजार कित्ता सेयर बिक्री भएको हो।

दिनभरिमा ७३ हजार ३ सय २८ पटकको खरिदबिक्रीमा ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। आजको गिरावटसँगै नेप्से २७ सय विन्दुबाट पनि झरेको छ। आज १३ वटै उपसूचक राताम्य हुँदा दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। त्यस्तै दुईवटाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज बजारमा ४७ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार