Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

काठमाडौंमा उपत्यकामा डेंगीको संक्रमण बढ्दै


 काठमाडौं उपत्यकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण  बढ्न थालेको छ । उपत्यकामा असोजदेखि मंसिरभित्र यसको प्रभाव बढी देखिन्छ । हाल मैतीदेवी र घट्टेकुलो क्षेत्रका बासिन्दा डेंगीबाट बढी संक्रमित देखिएका छन ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण काठमाडौं उपत्यकामा बढ्न थालेको छ । दशैंअघि देखिन थालेको डेंगी म्याग्दी , कैलाली, संखुवासभामा समेत देखिएको छ ।गतवर्ष प्रभावहीन डेंगीको संक्रमण यसपटक भने अप्रत्याशित रुपमा बढेको छ । सफा पानीमा बस्ने एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेगीं उपत्यकामा ३२ जनामा देखिसकेको छ ।

मैतीदेवी, घट्टेकुलोमा बढी भेटिएको डेंगी कोटेश्वर, टेकु, कालिमाटी क्षेत्रमा समेत फैलिएको छ । मंसिर महिनासम्म यसको खतरा नटर्ने संक्रामक रोग विज्ञ डा शेरबहादुर पुन बताउँछन्।साउन महिना यता भने नेपालमा २ सय ९० जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । जसमा सर्वाधिक उपत्यकाका छन् । डेंगीका कारण ज्वरो आउने, टाउकोसहित मासंपेशी तथा शरीरको जोर्नी दुख्ने , निरन्तर बान्ता हुने जस्ता लक्षण देखिने गर्छ ।

समयमा नै पहिचान भई उपचार नभए विरामीको मृत्यु समेत हुनसक्ने विज्ञको चेतावनी छ । डेंगीले मानिसको रगतमा प्लेटेलेट्सको संख्या तीव्र रूपमा कमी गराउने विशेषज्ञ डा पुनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार