Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

जनकपुरमा दुई समूहबीच झडप हुँदा ६ प्रहरी घाइते, २७ राउन्ड अश्रुग्यास प्रहार, भोलि रातीसम्म कर्फ्यु आदेश जारी


जनकपुरधाम उपमहानगरपालिका २० मा स्थानीय दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो दोहोरो झडप भएको हो । स्थिति तनावग्रस्त भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज दिउँसो २ देखि आइतबार राति १० बजेसम्मका लागि यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।

झडपमा परेर ६ प्रहरी घाइते भएका छन् । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले एकजना नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि २७ राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए ।

छठ पर्वको दिन देवपुरा, रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवादपछि झडप हुँदा चारजना घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार पुनः दुई समूहबीच विवादसँगै झडप भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार