Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा छनोट


आगामी वर्ष कतारमा हुने २०२२ को फिफा विश्वकपका लागि जारी युरोपियन छनोटमा पोर्चुगले अप्रत्यासित हारको सिकार भएको छ। आइतबार राति भएको खेलमा पोर्चुगल सर्बियासँग पराजित भएपछि सोझै छनोटको अवसरबाट पोर्चुगल बाहिरियो। अब उसले आउँदो विश्वकपमा छनोट हुनका लागि प्लेअफ खेल्नु पर्ने छ।

युरोपियन क्षेत्रको छनोट चरण अन्तर्गत आइतबार राति समुह ए को खेलमा घरेलु मैदानमा नै पोर्चुगल सर्बियासँग २-१ ले पराजित भयाे। पोर्चुगललाई हराएसँगै सर्बियाले भने विश्वकपमा स्थान बनायो। दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लिएको थियो। खेलमा बराबरी मात्रै गरेको अवस्थामा पनि पोर्चुगल विश्वकपमा छनोट हुने अबस्थामा रहेको पोर्चुगल सुरुवाति अग्रताले उत्साहित थियो।

तर ३३ औँ मिनेटमा डुसान टाडिकले सर्बियाका लागि बराबरी गोल गर्दा पोर्चुगललाई स्तब्ध पार्न भने ९० औँ मिनेटमा एलेक्सजेण्डर मित्रोभिकले गरेको गोल महत्वपुर्ण रह्यो। घरेलु दर्शक तथा खेलाडी स्तब्ध हुँदा भ्रमण टोली सर्बिया र उसका समर्थकले उत्सव मनाएका थिए।

जितसँगै समूह ए को सर्बिया ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो भने १७ अंक जोडेको पोर्चुगल प्लेअफमा धकेलियो। अब पोर्चुगलले विश्वकप छनोटका लागि आगामि मार्चमा प्ले अफ खेल्नु पर्ने छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार