साताको दोस्रो दिन सोमबार शेयर बजारमा वृद्धि भएको छ । नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७ सय १५ दशमलव ३५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ४ दशमलव १० अंकले बढेर ५०६ दशमलव ५४ अंकमा पुगेको छ ।
आज कुल २३३ वटा कम्पनीको ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर रु ४ अर्वर् ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४३ मा कारोबार भएको थियो । आज सबै भन्दा बढि नाफा कमाउनेमा बोतर्लस नेपाल लिमिटेड र मानुश्रि लघुवित्त रहेका छन् ।
जसमा बोटर्लस नेपाल र मानुश्रि लघुवित्तको सेयरको मुल्य क्रमशः रु १ हजार १ सय ८२ र १ सय २ रुपैयाँले बढेको थियो । आज सबै भन्दा बढि घाटा एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडले व्यहोरेको छ । जसमा प्रति सेयर मुल्य रु २१ ले घटेर रु ४ सय ९ मा कारोबार भएको थियो ।
आज सबै भन्दा बढि हाइड्रो इलेक्ट्रीसिटी एण्ड डेभलभमेन्ट कम्पनी लिमिटेडको ८ लाख ९८ हजार ५ सय ८९ कित्ता सेयर कारोबार भएको थियो । अघिल्लो हप्ता देखि निरन्तर घटेको नैप्सेमा सोमबार भने सुधार आउँदा लगानीकर्ता केहि उत्साह थपिएको छ ।





