Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

डेढ लाख घुससहित दुई वडा सदस्य पक्राउ


सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए वापत लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।

पूर्व सूचनाको आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै वडा सदस्यलाई सर्लाहीको लालबन्दी– ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार