एकादशी मेला मनाउन हिँडेका ओखलढुङ्गाका तिर्थयात्रि बोकेको जिप दुर्घटना हुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
प्रदेश नं ३–०१०२२ च ९६९४ नम्बरको जीप च्यामानबाट चम्पादेवी ककनी जादै गरेको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा ३५ बर्षिय मिठुमाया मगर, १६ बर्षिय तुलसा मगर र खगेन्द्र मगर रहेका छन भने एक जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रमुख,प्रहरी नायक उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएका १२ जना मध्य गम्भीर ४ लाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमान्डौ पठाइएको उपरिक्षक काफ्लेले जानकारी दिए । बाकी घाइतेहरुलाई स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।





