Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सर्वोच्चमा आज पनि नेपाल बारको धर्ना, प्रधानन्यायाधीशले तोके दश इजलास


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानून व्यवसायीको माइक प्रहरीले खोसेको हो ।

दुई साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ । बारको धर्नालाई छलेर आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गरेका थिए ।

सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार