अदालतमा केही समययता देखिएको समस्या तथा गतिरोधलाई छिटो अन्त्य गर्नुपर्ने सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले निष्कर्ष निकालेको छ। ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
राज्यको महत्त्वपूर्ण अंग सर्वोच्च अदालतको गरिमा,विश्वसनीयता र स्वच्छतालाई कायम राखी यथाशीघ्र निकास हुनुपर्दछ। निकासका लागि सबैबाट पहल हुनेछ भन्ने आशा गर्दछौं,’ संयन्त्रको निर्णयमा भनिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत सम्मिलित पहिलो बैठकले सत्ता गठबन्धनलाई थप बलियो बनाउने निर्णय गरेको छ। राष्ट्रिय राजनीति तथा घटनाक्रमको विश्लेषण गर्दै संविधानको कार्यान्वयन, राष्ट्रियता, लोकतन्त्रमा जोड दिने निर्णय भएको संयन्त्रका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए






