Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, नयाँ नियुक्ति गर्ने जिम्मा सरकारको हाे : शम्भु थापा


वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्। बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको भन्दै नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्षी दलको भएको बताए। बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको उनको तर्क छ।

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थितिबिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलास बस्न लागेको तर्फ इंकित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए। प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दूषित भएको उनको टिप्पणी छ। उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन ? सोध्न न्यायाधीशहरूलाई आग्रह पनि गरे।

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । आफुहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौती दिए।

​नेपाल बार एसोसिएसनले आज  पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ। बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार