Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सेयर बजारमा हरियाली, सात अर्ब ३७ करोड रुपैयाँको कारोबार


सोमबार र मंगलबार जस्तै सेयर बजारले बुधबार पनि सकारात्मक बाटो तय गरेको छ। आज सेयर बजार मापन सूचक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ।

आज सेयर कारोबार रकममा पनि अघिल्लो दिनको भन्दा २ अर्ब रुपैयाँ बढिले सुधार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। बुधबार सात अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कुल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन्। आज सात समूहको सेयर मूल्य बढेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य घटेको छ।

आज सर्बै भन्दा धेरै जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ। यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्कम सर्किट लागेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार