Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

रौहतट कारागारमा कैदीको हत्या भएको भन्दै परिवारले गरे प्रदर्शन


गौर कारागारमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका लडाइ साहको हत्या भएको परिवारजनले आरोप लगाएका छन्। गौर कारागारको शौचालयमा मृत भेटिएका देवाही गोनाही नगरपालिका–७ का २४ वर्षीय साहका परिवारजन र आफन्तले बिहीबार जिल्ला प्रहरी कार्यालय तथा गौर कारागार अगाडि प्रदर्शन गरेका छन्।

अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका साह बुधबार दिउँसो शौचालयमा तौलियाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।कैदी झुण्डिएको खबर पाएपछि कारागार प्रशासनले साहलाई तुरुन्त जिल्ला अस्पताल गौरमा लगेपनि अस्पतालले साहलाई मृत घोषणा गरेको कारागार निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए।

मृतकका परिवारजनले भने साहको हत्या गरेर झुण्ड्याएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय र गौर कारागारलाई घेराउ गरेर प्रदर्शन गरेका हुन्। साहलाई अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत गौरले २०७६ साल वैशाख ४ गते पुर्पक्षका लागि गौर कारागार पठाएको थियो।

घटनाका बारेमा मानवअधिकार आयोगले पनि चासो दिएको छ । आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै घटनाका बारेमा कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिहरुसँग सोधपुछ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार