Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

माओवादी केन्द्रको पार्टी सदस्य संख्या सात लाख ३५ हजार पुग्यो


नेकपा माओवादी केन्द्रले सात लाख ३५ हजार जनाले पार्टीको साधारण सदस्यता लिएको दावी गरेको छ । शनिबारसम्म सदस्यता लिने म्याद रहेकोमा अहिलेसम्म ७ लाख ३५ हजारको विवरण प्राप्त भएको माओवादी कार्यालयका सचिव शिव खकुरेलले बताए ।

माओवादीले करिब ३१ लाख सदस्यता वितरण गर्ने लक्ष्य राखेको छ । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।

गत १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार