नेपालमा थप २९६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ८ हजार ९७२ जनामा परीक्षण गर्दा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ।
त्यस्तै थप ३६९ जना संक्रमित निको भइ घर फर्किएका छन्। सक्रिय संक्रमितको संख्या भने ७ हजार ५३९ रहेको मन्त्रालयले जनाएको छ।





