Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक


सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गतेबाट रिक्त हुन लागेको पदमा १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीकाअनुसार बैठकले दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा. मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यी हुन् बैठकका निर्णय :
१, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने ।

२, नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने ।

३, विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली बैंकबाट प्राप्त हुने थप ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीस्कार गर्ने ।

४, मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिने ।

५, एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।

६, पशुकल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

७, पशुप्रति हुने निदर्यी व्यवहार रोक्नका लागि समिति गठन गर्ने ।

८, संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

९, आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने ।

१०, दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा। मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने ।

११, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्याम सुन्दर यादव, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनीलाई बढुवा गर्ने ।

१२, लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कीत प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने ।


प्रतिक्रिया दिनुहोस !
विचार