Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै, भर्चुअल माध्यमबाट प्रचण्डले उद्घाटन गर्ने


नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।

११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा सम्मेलनको सबै तयारी पूरा भएको बताए। सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि महराले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार