Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीश राणाले तोके सबैखाले मुद्दामा ११ इजलास


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिए पनि अहिलेसम्म सुनुवाइ प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीश राणासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठकले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन्।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

यता नेपाल बार एसोसिएसनले भने जबराविरुद्धको आन्दोलनलाई देशव्यापी बनाएको छ । वार्ताको अनुरोध अस्विकार गर्दै बारले जबरालाई प्रधानन्यायाधीश नमानेको अभिव्यक्ति दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार