Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

अध्यक्षमा सर्वसम्मत हुने ओलीको सपना तुहियो, भीम रावलले आज अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको अध्यक्ष पदमा उम्मदेवारी दिने घोषणा गर्ने भएका छन्। पार्टी अध्यक्षमा केपी शर्मालाई सर्वसम्मत बनाउने तयारी चलिरहँदा रावलको घोषणा आउँदै गरेको हो।

आइतवार दिउँसो पत्रकार सम्मेलन गर्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट नेताहरुले बताएका छन्। एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न भन्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेका हुन्।

एमालेका नेताहरुले सर्वसम्मत रुपमा अध्यक्ष पदमा फेरि केपी शर्मा ओलीलाई अघि सारिरहेका बेला रावलले चुनौती दिन लागेका हुन्। एमाले अध्यक्ष ओलीको कार्यशैली लगायतका विषयमा उनले सधैं प्रश्न उठाउँदै आएका छन् । एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएको विषयमा पनि उनी अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार