Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सर्वोच्च अदालतभित्र तैनाथ दंगा र सशस्त्र प्रहरी हटाउन नेपाल बार एसोसिएसको माग


नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दंगा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताए ।

आइतबार बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, ‘कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिएको छ । यो निन्दनीय छ । यसको अन्त्यका लागि हामीले सम्बन्धित निकायलाई अनुगमन गर्न आह्वान गर्छौं ।’

उनले बारको शान्तिपूर्ण विरोधमाथि भएको प्रहरी दमनको विरुद्ध आइतबार देशभरका अदालतमा आफूहरुले बहस पैरवी नगर्ने सर्कुलर पठाएको बताए । उनले भने, ‘हामीसँग केबल कलम र कालो कोट छ तर, चोलेन्द्र शमशेरको निर्देशनमा गृह प्रशासनले प्रहरी पठाएर दमन गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार