Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौंमा आजपत्रकार सम्मेलन गरेर रावलले चितवनमा यही १० गतेदेखि हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनको कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ ।

पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरे। पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ छ।

उनले केन्द्रीय कमिटीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार