Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

परिवार दलको अध्यक्षमा पुनः ढकाल, को-को आए पदाधिकारीमा ?


नेपाल परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन्। काठमाडौंमा भएको तेस्रो महाधिवेशनले ढकालको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोषकुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी,रुपसिंह भण्डारी, मनोज कुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्दनाथ मिश्र, सहकोषाध्यक्षमा बुद्धिमाया पुन मगर निर्वाचित भए।

महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ। महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको विषयलाई पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार