Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

भारतको ७३औं गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा प्रमुख अतिथि !


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ७३ औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि बन्ने भएका छन् । भारतले जनवरी २६ मा मनाउन लागेको गणतन्त्र दिवसमा देउवालाई प्रमुख अतिथि बनाउने तयारी भएको हो ।

भारतले गणतन्त्र दिवसका दिन दक्षिण एसियाका धेरै देशका सरकार प्रमुखलाई बोलाउने तयारी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ । यसअघि सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई भारतले प्रमुख अतिथि बनाएको थियो ।

इन्डियन एक्सप्रेसका अनुसार भारतको राजधानी नयां दिल्लीमा आयोजना हुने मुख्य परेडको अतिथिका लागी नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र म्यान्मारका सरकार प्रमुख बोलाउने तयारी भएको हो ।

सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई प्रमुख अतिथि बनाइएको थियो भने गत वर्ष कोरोना महामारीका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो भ्रमण रद्द गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार