Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

महिला टी–२० विश्वकप छनोट: पहिलो खेलमै नेपाल हङकङसँग पराजित


आईसीसी महिला टी २० विश्वकपको एसिया छनोटमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले ४ विकेट गुमाएर १९ औं ओभरको समाप्तिमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि सीताराना मगरले सर्वाधिक अविजित ४० रन बनाउँदा इन्दु वर्माले ३७ बलमा ३ चौकाको सहायतामा ३१ रन बनाइन्। त्यस्तै काजल श्रेष्ठले ४ रन बनाउँदा रुविना क्षेत्रीले २ रन बनाइन्। बलिङतर्फ हङकङका क्यारी चेन र बेटी च्यानले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हङकङको जितका लागि ओपनर मारिको हिलले सर्वाधिक ४४ रन बनाउँदा केरी चेनले १७ रन बनाइन्। त्यस्तै नतासा माइल्सले १६ रन बनाउँदा इम्मा लाइले अविजित १३ रन बनाइन्। नेपालको तर्फबाट कविता कुवँर, सीता मगर र सबनम राईले समान १र१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !
विचार