Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

एमाले स्थायी कमिटी बैठक किन सर्‍यो ?


नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलिका लागि सारिएको हो।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।

नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ। बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार