Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

शौचालय जाँदा लडेर वडाध्यक्षको निधन


शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको निधन भएको छ । बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न निधन भएको हो ।

लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए । उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार