Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

एमाले स्थायी कमिटी बैठक बस्दै, सबै पदमा मतदान गराउन प्रस्ताव गर्ने ओलीको तयारी


नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुनेछ। एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ। यता नेताहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्न थालेपछि सहमति जुटाउने ओलीको प्रयास असफल भएको छ । आजको बैठकमा सबै पदमा निर्वाचन गराउने प्रस्ताव ओलीले पेश गर्ने तयारी गरेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार