सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा ३ जना बालकको मृत्यु भएको छ। हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाँक्रीटोलस्थित स्थानीय सञ्च तामाङको घरमा आगलागी हुँदा उनका छोरासहित ३ बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सञ्चका ६ वर्षीय छोरा मनोज तामाङ, झाँक्रीटोलकै गाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र सोही गाउँका साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।





