Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

बालिका बलात्कार गरेको आरोपमा सेनाका हवल्दार पक्राउ


१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दार पक्राउ परेका छन्। कञ्चनपुर घर भइ ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्टलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो।

प्रहरीको अपराध महाशाखाले उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर चोकबाट पक्राउ गरेको हो। रामेछाप स्थायी ठेगाना भएकी ती बालिकालाई विष्टले गत कात्तिक ३० गते लगनखेलबाट ल्याएर कोटेश्वरको एक होटलमा बलात्कार गरेको उजुरी परेको छ।

पक्राउ परेका विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अपराध महाशाखाले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार