Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

दुई भाउजू मिलेर गरे देवरको हत्या, जलाइएको अवस्थामा भेटियो शव


आफ्नै देवरको हत्या गरेको आरोपमा दुई भाउजूलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँनिवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको शव फेला परेपछि प्रहरीले शारदा नगरपालिका – ५ निवासी मृतकका भाउजू २६ वर्षीया लक्ष्मी चन्द र अर्की भाउजू नाता पर्ने राधा पौडेल चन्दलाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्यामप्रसाद यादवका अनुसार शव घरदेखि करिब ५० मिटर पश्चिममा फेला परेको हो । टाउकोमा धारिलो हतियार प्रयोग भएको र आधा शरीर जलेको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मृतककी पत्नी माइत गएको र दाइ रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ। आफूमाथि बलात्कार प्रयास भयो भन्दै ती छिमेकीको घरमा भन्न गएपछि राधा आएको र उसैले देवरको हत्या गरेको मृतककी भाउजूले बताएकी छिन् ।

घटनाको प्रकृति हेर्दा हत्या भएको र सबुत प्रमाण नष्ट गर्नका लागि शव जलाउन खोजिएको जस्तो देखिएको स्थानीय वडाध्यक्ष प्रदीप शाहीले बताए। घटना थाहा पाएलगत्तै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। तर, घटना यही कारणले भएको भनेर अहिले नै पुष्टि भइसकेको छैन


प्रतिक्रिया दिनुहोस !
विचार