Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन्। आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले विश्वासको मत लिन कार्यसूची रहेको छ।

यसअघि हिजोको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीको महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासको मत लिन लागेका हुन्। मंगलबारको बैठकमा शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। शाही गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार