Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य हुने भएको छ । आजको वार्तामा उनीहरुबीच सदस्य वाँडफाडको विषयमा पनि छलफल भएको बताइन्छ ।

तीनै तहको निर्वाचन एकैपटक गर्ने सम्बन्धमा पनि गठबन्धनका नेताहरुबीच छलफल हुँदै आएको छ । आजको वार्तामा यसको सम्भाव्यताबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।

स्थानीय निर्वाचनमा सहकार्यको विषयमा पनि आज शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रचण्ड र माधव गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म कायम राख्नुपर्ने पक्षमा छन् । देउवालाई पनि निर्वाचनमा सहकार्य नगर्न कांग्रेसका नेताहरुले दवाव दिँदै आएका छन् ।

छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई विदामा बसेर कार्यबहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिने निर्णय पनि भएको छ । शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यबहाक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार