Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बोलाइन् संसदको अधिवेशन


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार